आजको मौसम: पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
– देशका पहाडी भूभागका थोरै स्थान र अन्य भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
– कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
– लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

nawajiwan
Attariya Hospital

रातिको पूर्वानुमान
आज राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ।
– कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
– कोशी, बागमती र गण्डकीका हिमाली भेगमा एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सूर्योदय–सूर्यास्त
– आज सूर्योदय बिहान ५:२५ बजे भएको हो।
– सूर्यास्त साँझ ६:३७ बजे हुनेछ।