मौसम बिदका अनुसार देशभरका केही स्थानमा चट्याङ, वर्षा र हिमपातको चेतावनी – सतर्क रहन आग्रह

Image
Nisarga Hospital

हाल देशको मौसम पश्चिमी वायु, स्थानीय वायुरेखा र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावमा रहेको छ। यसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

Attariya Hospital

कोशी र लुम्बिनीसहितका पहाडी क्षेत्रमा र अन्य केही स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।

nawajiwan

आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कतिपय स्थानमा चट्याङसहित वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना कायम रहनेछ।