भारतीय हवाई आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु, ३५ घाइते

Image
Nisarga Hospital

भारतले गएराति पाकिस्तानमा गरेको हवाई आक्रमणबाट दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। घटनामा हालसम्म ३५ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

CP Hospital Dhangadhi

पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (ISPR) का महानिर्देशक अहमद सारिफ चौधरीलाई उद्धृत गर्दै समाचारहरूमा भनिएको छ कि भारतीय आक्रमण पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहावलपुर क्षेत्रमा भएको थियो।

nawajiwan

भारत सरकारका अनुसार, उक्त कारबाही पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका नौवटा ‘आतंकवादी शिविर’हरूलाई लक्षित गरेर गरिएको थियो। तर पाकिस्तानी सेनाले भने केवल तीन स्थानमा आक्रमण भएको दाबी गरेको छ।

Attariya Hospital

मुजफ्फराबादका बासिन्दाहरूले ठूला विस्फोटहरूको आवाजले आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

भारतले उक्त कारबाही कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणको जवाफी प्रतिक्रिया स्वरूप गरिएको जनाएको छ। उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो।

गत महिनाको घटनापछि आणविक हतियारसहितका दुई देश—भारत र पाकिस्तानबीचको सम्बन्ध झनै चिसिएको छ। कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो क्षेत्रको रुपमा दाबी गर्दै आएका छन्, जसले गर्दा द्वन्द्वको जोखिम उच्च देखिएको छ।

Advertize US