प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते

Image
Nisarga Hospital

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्।

CP Hospital Dhangadhi

गएराति खुमलटारस्थित निजी निवासमा शौचालय प्रयोग गर्ने क्रममा लडेका प्रचण्डलाई सामान्य चोट लागेको हो। त्यसपछि उनी मेडिसिटी अस्पतालमा उपचार गराएर पुनः निवास फर्किएका छन्।

Attariya Hospital

स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, “हिजो राति सुत्नुअघि शौचालय जाँदा सामान्य ठोक्किनुभएको थियो। उहाँ आफैं हिँडेर मेडिसिटी अस्पताल जानुभएको हो। अहिले निवासमै भेटघाटमा व्यस्त हुनुहुन्छ।”

nawajiwan