श्रीलंकामाथि गोल वर्षा, नेपाल साफ यु–१९ को सेमिफाइनलमा धमाकेदार प्रवेश

Image
Nisarga Hospital

भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत नेपालले श्रीलंकामाथि ५–० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले एकपक्षीय प्रदर्शन गर्दै श्रीलंकालाई प्रतियोगिताबाट नै बाहिर पठाएको हो।

CP Hospital Dhangadhi

नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक–एक गोल गरे। पहिलो हाफको अन्त्यतिर धर्वेन्द्र कुँवरले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा सुवास बमले ६१ र ७७ औं मिनेटमा गोल गर्दै नेपालको पकड बलियो बनाएका थिए। अन्तिम क्षणमा विज्ञान खड्का र इन्जुरी समयमा लछु थापाले गोल गर्दै नेपाललाई ५–० को निर्णायक जित दिलाए।

Attariya Hospital

समूह ‘बी’ अन्तर्गत भारत र नेपालले एक खेल बाँकी रहँदै सेमिफाइनलमा स्थान बनाएका छन्। भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो। गोल अन्तरका आधारमा भारत समूहको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। अंकविहीन श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

nawajiwan

अब नेपालले मंगलबार भारतसँग भिड्नेछ, जसबाट समूह ‘बी’ को विजेता टुंगो लाग्नेछ। सेमिफाइनल अघि नेपाल र भारत दुवै टोली यो भिडन्तलाई मनोवैज्ञानिक बढ़तको रूपमा लिँदै तयारीमा जुटेका छन्।

Advertize US