अरब सागरको प्रभावसहित देशमा मौसम अस्थिर, उच्च भू–भागमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात

Image
Nisarga Hospital

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले नेपालको मौसम प्रणालीमा आंशिक प्रभाव पारेको छ।

CP Hospital Dhangadhi

सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा उच्च–पहाडी भू–भागहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

Attariya Hospital

रातिको समय पनि कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा मौसम अस्थिर रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीसँगै मुख्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ।

nawajiwan

पछिल्लो २४ घन्टामा धनकुटाको पाख्रिबासमा ३९.२ मिमी, बागलुङमा २७.८ मिमी, बन्दीपुरमा १६.८ मिमी, हेटौंडामा १४.४ मिमी, चन्द्रगढीमा १२ मिमी र स्याङ्जामा ८.६ मिमी वर्षा भएको विवरण छ।

Advertize US