कर्मचारी आन्दोलनलाई धनगढीको साथ, ऐन चाँडै बनाउन प्रदेश सरकारलाई आग्रह

Image
Nisarga Hospital

कर्मचारी आन्दोलित भएको बेला धनगढी उपमहानगरपालिकाले स्थानीय सेवा ऐन चाँडै जारी गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। नगर प्रमुख गोपाल हमालले मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षणपत्र पठाउँदै ऐन चाँडै बनाउन आग्रह गर्नु भएको हो। विचाराधीन अवस्थामा रहेको यो ऐन चाँडै जारीका लागि स्थानीय तहमा कार्यरत कर्मचारीले दबाबमूलक आन्दोलन गर्दै आएका छन्।

CP Hospital Dhangadhi

कार्यालयको कामकाज छोडेर कर्मचारी आन्दोलनमा उत्रेपछि प्रदेशका सबै स्थानीय तहमा सेवा प्रवाहमा समस्या देखिएको छ। कर्मचारी आन्दोलनले कार्यालयको कामकाज र सेवा प्रवाहमा समस्या भएको भन्दै नगर प्रमुख हमालले कानुनी प्रक्रिया छिटै पूरा गरेर चाँडै ऐन जारी गर्न आग्रह गर्नु भएको छ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत जेठ १३ गते प्रदेश सभामा प्रस्तुत भएको थियो। यो विधेयक एक वर्षदेखि प्रदेश सभामा थन्किएको छ।

nawajiwan