बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको महामारी: ३६ बङ्गुरको मृत्यु, ५७ सङ्क्रमित

Image
Nisarga Hospital

बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा फिभरको सङ्क्रमण देखिएको हो।

CP Hospital Dhangadhi

बराहक्षेत्र–१ स्थित दियाली कृषि फार्ममा हालसम्म २० बङ्गुर सङ्क्रमित छन् भने १७ को मृत्यु भइसकेको छ।
बराह बङ्गुर फार्ममा १५ बङ्गुरमा सङ्क्रमण देखिएको छ, जसमध्ये ७ मरेका छन्।

त्यस्तै, स्थानीय सुवास श्रेष्ठको फार्ममा २२ बङ्गुर सङ्क्रमित छन् र १२ बङ्गुर मरेका छन्।

nawajiwan
Attariya Hospital

डा. महतोका अनुसार हालसम्म बराहक्षेत्रमै मात्र ५७ बङ्गुरमा संक्रमण सक्रिय छ। यसअघि पनि सुनसरीकै दुहबी, रामधुनी र धरान क्षेत्रमा स्वाइन फिभर देखिएको थियो।

स्वाइन फिभर अत्यन्त सङ्क्रामक र घातक रोग भएकाले प्रभावित क्षेत्रका किसानहरूलाई उच्च सतर्कता अपनाउन, रोग नियन्त्रणका लागि फार्ममा जैविक सुरक्षा प्रवर्धन गर्न तथा रोग फैलन नदिन आवश्यक कदम चाल्न विशेषज्ञले आग्रह गरेका छन्।

Advertize US