यसपालीको मनसुन एक साताअघि नै सक्रिय हुदै, नेपालमा ठूलो क्षति सँगै २० लाख नेपाली जोखिमको सम्भावना

Image
Nisarga Hospital

भारतको केरला राज्यमा यस वर्ष मनसुन औसतभन्दा एक साताअगावै प्रवेश गरिसकेको छ। भारतको मौसम विभागअनुसार यो मनसुन सन् २००९ यता कै सबैभन्दा चाँडो प्रवेश हो। यसको असर नेपालमा पनि देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी ७–१० दिनभित्र झापा हुँदै मनसुन नेपाल प्रवेश गर्ने उच्च सम्भावना रहेको जनाएको छ।

CP Hospital Dhangadhi

मौसमविद् प्रतिभा मानन्धरका अनुसार केरला हुँदै आएको मनसुन पूर्वी नेपालबाट छिट्टै प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ। यद्यपि, निश्चित मिति भने तय गर्न नसकिने उनले बताइन्।

मनसुन सुरु हुनुअघि नै भारतमा हावाहुरी र भारी वर्षाले यातायात प्रभावित बनेको छ। केरलासहित नयाँ दिल्लीमा वर्षा तीव्र हुँदै गएको भारतको मौसम विभागले जनाएको छ।

nawajiwan
Attariya Hospital

नेपालमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा ६५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम, बागमती, कोशीलगायतका क्षेत्रहरूमा पनि वर्षा दर उच्च रहने अनुमान गरिएको छ।

जल तथा मौसम विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो मनसुनबाट करिब ४ लाख ५० हजार घरधुरीका २० लाख नागरिक प्रभावित हुनेछन्। यो संख्या गत वर्षभन्दा धेरै हो।
मौसमविद्हरूले मनसुन चाँडै आउने भएकाले समयमै जोखिम व्यवस्थापन तथा न्यूनीकरणमा ध्यान दिन कडा चेतावनी दिएका छन्।