जेठ २० गतेदेखि अत्तरियामा जिल्लास्तरिय एकल नृत्य प्रतियोगिता हुने

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा पहिलोपटक जिल्लास्तरिय एकल नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। क्युरिक्स डान्स स्टुडियो र वन वे डान्स क्याम्पको संयुक्त पहलमा जेठ २० गतेदेखि सुरु हुने प्रतियोगिता आधारभूत तहका विद्यार्थीहरूबीच सञ्चालन हुनेछ।

oplus_0

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले प्रतियोगिता सम्बन्धी जानकारी दिएका हुन्। गत वर्ष नगरस्तरमा आयोजना गरिएको प्रतियोगिता यसपटक जिल्लास्तरसम्म विस्तार गरिएको आयोजक क्युरिक्स डान्स स्टुडियोका सञ्चालक हरिश कडायतले बताए। उनका अनुसार कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन पाउने छन्।

CP Hospital Dhangadhi

वन वे डान्स क्याम्पका सञ्चालक नरेश बि.कका अनुसार प्रतियोगिता साउन २० गतेसम्म सञ्चालन हुनेछ। अडिसन चरण विद्यालयमै जेठ २० देखि सुरु भई, मुख्य अडिसन जेठ ३१ गते तेघरीस्थित पार्टनर पार्टी प्यालेसमा हुनेछ।

Oplus_16908322

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद रु. ३०,१५१ पाउनेछ भने दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः रु. २०,१५१ र रु. १०,१५१ प्राप्त गर्नेछन्। साथै, टप ५ मा पर्ने प्रतिस्पर्धीहरूलाई ३ महिनासम्म वन वे डान्स क्याम्पमा निःशुल्क प्रशिक्षण दिइनेछ। टप १० मा पर्नेले भने सामाजिक अवलोकन भ्रमण र “धनगढी डान्स च्याम्पियनसिप सिजन ४” को कोरियोग्राफी राउन्डमा सिधा प्रवेश पाउनेछन्।

Attariya Hospital

निःशुल्क प्रवेश व्यवस्था गरिएको यो प्रतियोगितामा जिल्लाभरका करिब २ हजारभन्दा बढी विद्यार्थीको सहभागिता हुने अपेक्षा गरिएको छ। सहभागीता निजी तथा सरकारी सबै विद्यालयका विद्यार्थीहरूका लागि खुला रहने आयोजकले जनाएका छन्।

nawajiwan
Advertize US