
सरकारले कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको अत्तरिया सम्मको सडक स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो रकम छुट्याइएको जानकारी दिएका हुन्।
यो सडक सुदूरपश्चिम प्रदेशको प्रमुख यातायात नाका र व्यापारिक मार्ग हो। स्तरोन्नतिपछि गड्डाचौकी हुँदै भारतसँगको व्यापारिक आवागमन सहज हुने, आन्तरिक यातायातमा सुधार आउने, तथा स्थानीय तथा क्षेत्रीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिँदै आर्थिक गतिविधि सशक्त पार्ने उद्देश्यसहित यो योजना अघि सारेको हो।
उनले खुटिया दिपायल सडक विस्तारका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।
उनले अत्तरिया खोड्पे दार्चुला सडक २ लेन विस्तारका लागि अध्ययन गरिने बताए । यस्तै महाकाली करिडोरका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।
















