‘म झोले हो’ अभियान : एमालेको नयाँ सन्देश राजनीतिक पहिचानतर्फ

Image
Nisarga Hospital

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेकपा एमालेले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ अभियान सुरु गरेको छ। शनिबार बुद्धिजीवी परिषद्को अधिवेशनमा “म जनताको झोले हुँ” भन्ने अभिव्यक्तिपछि अभियानको सुरुआत भएको हो।

CP Hospital Dhangadhi

ओलीले सोमबार फेसबुकमा ‘म झोले हो’ लेखिएको पोस्टर सार्वजनिक गर्दै सामूहिकतामा विश्वास राख्नेहरुलाई झोले भन्दै हेला गर्ने प्रवृत्तिको आलोचना गरे।

Attariya Hospital

उक्त पोस्टपछि उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमाले नेतादेखि कार्यकर्तासम्म सक्रिय भई सामाजिक सञ्जालमा ‘झोले’ अभियानलाई प्रचार गर्न थालेका छन्।

nawajiwan

पहिले व्यंग्यको रूपमा लिइने ‘झोले’ शब्दलाई एमालेले सकारात्मक रूपमा परिभाषित गर्न थालेको देखिन्छ। नेताहरूले आफूलाई ‘विकासको झोला बोक्ने’ र ‘राष्ट्रको इज्जत जोगाउने झोले’ भनेर सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका छन्।

Advertize US