हुम्लाको लिमीबाट सुरु भयो कैलाश मानसरोवरको अवलोकन यात्रा

Image
Nisarga Hospital

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीको लोलुङ क्षेत्रबाट कैलाश मानसरोवरको दृश्यावलोकन (दूरदर्शन) सुरु भएको छ। वैशाख दोश्रो सातादेखि न्यालु, नारा र हिल्ला हुँदै लिमी जान सकिने बाटो खुलेपछि जेठ महिनादेखि आन्तरिक पर्यटकको चहलपहल देखिएको हो।

CP Hospital Dhangadhi

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार यस क्षेत्रलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना भए पनि आवश्यक पूर्वाधार र प्रचारको अभावमा हाल सीमित पर्यटक मात्रै पुग्ने गरेका छन्।

Attariya Hospital

लिमी उपत्यकाबाट मानसरोवर प्रस्ट देखिन्छ, र यो स्थान सिमकोटबाट करिब १०५ किलोमिटर टाढा पर्छ। सडक स्तरोन्नति भएमा हिल्साभन्दा सहज यात्रा हुने वडा अध्यक्ष पाल्जोर तामाङ बताउँछन्।

nawajiwan

हिउँदमा अत्यधिक हिमपातका कारण बाटो बन्द हुने भएकाले दर्शनको उपयुक्त समय जेठदेखि कात्तिकसम्म मानिन्छ।