संघीय संसद्का दुबै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची

Image
Nisarga Hospital

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ।

Attariya Hospital

यसका साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि रहेको छ।

nawajiwan

त्यस्तै, राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। बजेट प्रस्तुतिसँगै संसद्को दुबै सदनमा छलफल र विधेयक पेस गर्ने कार्यले राजनीतिक तथा आर्थिक रूपरेखालाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

Advertize US