
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने घटनामा लागेको आरोपपछि धरौटीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि मिश्रले धरौटी बुझाएर रिहा पाएका हुन्।

आज मिश्र स्वयम् अदालतमा उपस्थित भएका थिए। उनीमाथि जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

तीनकुनेमा भएको घटनालाई लिएर मिश्रसहित अन्य केही नेताहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको थियो। अदालतको आदेशपछि मिश्र कानुनी रूपमा धरौटीमा रिहा भएका हुन्।





























