
नवलपुरस्थित विनयी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको यात्रुबाहक बस बगाएको छ। बसमा करिब ४० यात्रु सवार थिए। प्रहरीका अनुसार सबै यात्रुहरूको बीचबाट सकुशल उद्दार गरिएको भए पनि बस भने अझै फेला परेको छैन।


प्रहरी प्रवक्ता डिएसपी मधु नेपालका अनुसार, निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव तीव्र भएपछि दुर्घटना भएको हो। लगातारको वर्षाले विनयी खोलाको डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास–दाउन्ने सडकखण्डका विभिन्न भाग चिप्लो भएका कारण आवागमन प्रभावित भएको छ।
यसअघि नै प्रहरीले नारायणगढ–बुटवल खण्डमा सवारी नचलाउन सूचना जारी गरेको थियो। तर केही सवारीचालकले अटेरी गर्दै यात्रा थालेका थिए। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न पुनः आग्रह गरेको छ।

















