देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, कोशी र मधेशमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ सरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ। ती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।

कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्र र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

nawajiwan