सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

मुहार पुस्तिका खोल्यो नराम्रा संमाचार देशैभरिमा,
कतै मार काट हुन्छ अपराध र बालात्कार देशैभरी।
कसैले तस्कारी गर्छन् सबैथोकमा भ्रष्टाचार हुन्छन्,
सरकार भन्छ गाउँ गाउँ पुग्यो सिहँदरबार देशैभरी।
जसले देशलाई अखण्ड देख्छन् आफै बिखण्डित्,
शिर्ष स्थानमा पुगिसके विदेशी बफादार देशैभरी।
नेता पद प्रतिष्ठा साहित्यकार बहर वेबहरका लागि,
एकता खलबल्लिन्छ यस्तै भएर व्यवहार देशैभरी।
खै कम्युनिष्ट भन्छन् तर एकले अर्काको खुट्टा ताने,
कसरि बन्छ यो चालाले एकताको आधार देशैभरी।
चुन्नेबेला त मार्क्स-लेनिन माओका चेला छानेकै हौँ,
संसदमा पुगेपछि बनेछन् ख्रूचेव अनि जार देशैभरी।

CP Hospital Dhangadhi

॥१॥

फुटको खेती गर्नेहरू एकताको बक्वास गर्छन्,
एउटाले आर्कोलाई खराब भनेर तमास गर्छन्।
चुनाव आउँदा आंशिक सुधार देख्छन् पार्टीमा,
कतै गठबन्धन्,कतै तालमेल धेरैले खास गर्छन्।
यिनी नेताहरूको यो व्यवहार देख्दा साचैभन्दा,
संसार लजायो हाम्रै सन्तानलाई उपहास गर्छन्।
देशमा जताततै भ्रष्टाचार हुन्छ जनता भए दुखि,
ठेकेदार समेत भन्छन् घुस दिए बिल पास गर्छन्।
सबैलाई थाहा छ यो देश भएन गुलाम कहिल्यै,
तर सरकारमा पुग्नेहरू नै देश सत्यनाश गर्छन्।
हिजो गणतन्त्र ल्याउन बलिचडेका थिए हजारौं,
आज सन्तान मै एक आर्काको पर्दा फास गर्छन्।

nawajiwan

॥२॥

आफुलाई जे लाग्छ त्यो त उसैको लागि खास हुनसक्छ,
तर यस्तो सम्झिने भुल नगरौं ऊ पनि मेरै दाश हुनसक्छ।
यो मानव समाजमा सबैका आ आफ्नै धुन हुन्छन् साथि,
मलाई जो ठिक लाग्यो तिमिलाई त्यो बक्वास हुनसक्छ।
ढुङ्गा माटोको पनि आ आफ्नै असतित्व हुन्छ बुझे पछि,
धेरै जान्ने हुदा आफ्नै बिचारले आफ्नै उपहास हुनसक्छ।
हो कसैले कसैलाई हराउन आकासमा थुक्ने बानि बस्यो,
सूर्यलाई हत्थकेलाले छेक्दैन बरू त्यो तमास हुनसक्छ।
जसले सही कुरालाई बुझेर पनि सहि भन्न डराउँछ त्यही,
यो चराचर जगत मानव जगतमै जीउँदो लाश हुनसक्छ।

Attariya Hospital

॥३॥

आफु अँझै उस्तै छ संसार बदल्छु भन्छ,
रक्सिको मातमा व्यवहार बदल्छु भन्छ।
राजनीति गर्छन् अरूलाई उल्लु बनाउने,
गफै त हो बिषालु यी झार बदल्छु भन्छ।
बेचेर आयो कालापानी लिपुलेक उसैले,
आज आफै देशका गद्दार बदल्छु भन्छ।
जसले सिन्को भांच्दैन यो देशको लागि,
आफैले आज बालुवाटार बदल्छु भन्छ।
टुक्राएर देश सङ्घीयताको भिरमै पुग्यो,
ऊ गाउँलाई नै सिहँ दरबार बदल्छु भन्छ।
बुझ्न नसकेकै कुरा किन डाहा गर्छ त्यो,
जसले जीवनको आधार बदल्छु भन्छ।

॥४॥

सबैको आ आफ्नै सोंच बिचार हुनसक्छ,
मिल्ने नमिल्ने आफ्नै व्यवहार हुनसक्छ।
कोई बाँचेको हुँदैन जिन्दगी कसैको लागि,
सबैको याहाँ आ आफ्नै संसार हुनसक्छ।
बिचार खादैनन् आफ्नै छोरा छोरीले पनि,
तिमि भन्छौ अरू मेरो हतियार हुनसक्छ।
कसैलाई बाँध्ने व्यवहार र बिचारले मात्रहो,
भल बनेर बगाउन खोजे किनार हुनसक्छ।
बिचारलाई अङ्कुस होइन फराकिलो बनौँ,
चित्त फाटे भाइ दाइमै पनि दरार हुनसक्छ।
के फुर्थ्यो मनमा पिडा त्याग शङ्घर्ष बिना,
निडर छ त्यसैले ऊ साहित्यकार हुनसक्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८