बैंक खाताबाट पैसा गायब: इञ्जिनियर जोशीको ३१ हजार हरायो !

Image
Nisarga Hospital

नेपालमा पछिल्ला दिनहरूमा बैंक खाताबाट पैसा गायब हुने घटना बढ्दो क्रममा छन्, जसले डिजिटल बैंकिङप्रति आम उपभोक्ताको विश्वासमा ठुलो आघात पुर्याइरहेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

बैतडीको दशरथचन्द नगरपालिका–३ निवासी इञ्जिनियर हरिशंकर जोशीको सिद्धार्थ बैंकमा रहेको खाताबाट ३१ हजार रुपैयाँ अनियमित रूपमा हराएको खुलासा भएको छ। जोशीका अनुसार खातामा जम्मा ५४ हजार रुपैयाँ थियो, जसबाट १५ हजार क्रेडिट कार्ड भुक्तानीमा कटौती भएपछि ३९ हजार बाँकी हुनुपर्नेमा स्टेटमेन्टमा मात्र ८ हजार रुपैयाँ देखिएको छ।

“मैले कुनै अनधिकृत ट्रान्सेक्सन गरेको छैन, तर बैंकले पनि स्पष्ट जवाफ दिन सकेको छैन,” जोशीले बताएका छन्।

उनको जस्तै समस्या अरु उपभोक्ताले पनि भोगिरहेको आशंका गरिएको छ। यस्ता घटनाले बैंकिङ प्रणालीको साइबर सुरक्षा, पारदर्शिता र नियमनप्रति गम्भीर प्रश्न उठाएको छ।

बैंक खाताबाट रकम हराउने घटनाहरू उपभोक्ताका लागि गम्भीर चासोको विषय बन्दै गएको छ। नेपाल राष्ट्र बैंक, साइबर ब्युरो, उपभोक्ता संरक्षण समिति लगायत सम्बद्ध निकायहरूले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल छानबिन गर्न आवश्यक छ।