
देशभर सामान्यतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिममा नेपालको तराई नजिक सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमानअनुसार देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीको पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।





























