देशभर वर्षा : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले सोमबार बिहान सातै प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर र बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा मापन भएको छ।

CP Hospital Dhangadhi

पछिल्लो तीन घण्टामा बाराको निजगढमा ७० मिलिमिटर, सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर र रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको मौसम महाशाखाले जनाएको छ।

Attariya Hospital

दिउँसो देशभर सामान्य बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थानमा र मधेश प्रदेशसहित तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

nawajiwan

राति पनि देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशीको पहाडी भू-भाग तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।

Advertize US