सूचनाको हक संरक्षणका मागसहित सडक सभा

Image
Nisarga Hospital

१९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा विभिन्न नागरिक समाज संस्थाहरुले माईतीघर मण्डलामा सूचनाको हक संरक्षणका मागसहित सडक सभा आयोजना गरेका छन्।

CP Hospital Dhangadhi

सूचनाको हकका लागि राष्ट्रिय महासंघको संयोजनमा आयोजित सभामा महासंघका अध्यक्ष उमिद बागचन्दले स्वागत गर्दै “सूचनाको हक कार्यान्वयनमा देखिएको चुनौतीका कारण राष्ट्रिय दिवसकै दिन सडकमा आउनु परेको हो” भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए।

nawajiwan

गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले “सूचना प्राप्त गर्नु नागरिकको मौलिक हक हो, यसलाई कुण्ठित गर्न सकिँदैन” भन्दै प्रतिवद्धता जनाए। नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितले पत्रकार महासंघ सधैं नागरिकको सूचनाको हकको पक्षमा रहने बताइन्।

मानव अधिकारवादी चरण प्रसाईंले सत्य निरूपण तथा वेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्ति सम्बन्धी मागिएको सूचना नपाएको उदाहरण प्रस्तुत गर्दै, “सूचना नपाउनु नै नागरिक अधिकार उल्लंघन हो” भने। त्यस्तै, अभियन्ता तारानाथ दाहालले ऐन जारी भएको १८ वर्ष बित्दा पनि संरक्षणका लागि सडकमा आउनुपर्ने अवस्था विडम्बना भएको टिप्पणी गरे।

Attariya Hospital

नेपाल बारका अध्यक्ष डा. विजय प्रसाद मिश्रले सर्वोच्च अदालतको आदेशपछि बनेको सूचनाको हक ऐन कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। मानव अधिकारकर्मी कृष्ण पहाडीले मन्त्रीहरुकै सम्पत्ति विवरण सार्वजनिक नहुनु सरकारको गैरजिम्मेवारी भएको उल्लेख गर्दै, “सूचनाको हक लोकतान्त्रिक शासनको आधारभूत आवश्यकता हो” भने।

बरिष्ठ कानुन व्यवसायी दिनेश त्रिपाठीले सूचनाको हकलाई लोकतन्त्रको ‘मुटु र आत्मा’ भन्दै सरकारले पर्याप्त ध्यान नदिँदा नागरिक वञ्चित भएको बताए।

सडक सभामा ट्रान्स्परेन्सी इन्टरनेशनल, इन्सेकलगायत करिब तीन दर्जन संघसंस्थाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले गरेका थिए।