पश्चिम सेती जलविद्युत आयोजना: स्थलगत डाटा सङ्कलन सुरु, दशैं–तिहारको बीचमा सार्वजनिक सुनुवाइ हुने

Image
Nisarga Hospital

बैतडी:  ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दासँग अन्तरक्रिया गर्दै स्थलगत डाटा सङ्कलन प्रक्रिया सुरु गरेको छ । आयोजनाका प्रतिनिधिहरूले आज सिगास गाउँपालिका–७ को न्वाघर, साङडा भौनेलिपातल, अगुरालि र बोरि, मोरीबगरमा पुगेर प्रभावित नागरिकहरूसँग प्रत्यक्ष छलफल गरेका हुन्।

CP Hospital Dhangadhi
West Seti Area

अन्तरक्रियामा आयोजनाबाट हुने सम्भावित प्रभाव, पुनर्स्थापनाको प्रक्रिया र स्थानीयको माग तथा सुझावबारे छलफल भएको थियो । आयोजनाले स्थानियहरूसँग समन्वय गरी पारदर्शी ढंगले काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

nawajiwan

आयोजनासँग आबद्ध एक अधिकारीका अनुसार अब एक हप्ता भित्र अर्को प्राविधिक टोली प्रभावित क्षेत्रका प्रत्येक घरमा पुगेर जमिन, व्यवसाय, भौतिक पूर्वाधार, आयस्रोत र पारिवारिक अवस्थाको विस्तृत विवरण संकलन गर्नेछ । सोही विवरणको आधारमा यही दशैं र तिहारको बीचमा सार्वजनिक सुनुवाइ गरिने जानकारी दिइएको छ।

Attariya Hospital

४ जिल्ला, ८ पालिका र ११ हजार मानिस प्रभावित

पश्चिम सेती आयोजनाबाट डडेल्धुरा, बैतडी, डोटी र बझाङ गरी ४ जिल्ला, ८ स्थानीय तह, १६ वटा वडा प्रत्यक्ष प्रभावित हुने प्रारम्भिक अनुमान छ। आयोजनाबाट करिब २८८६ घरपरिवार र झण्डै ११,००० मानिस विस्थापित हुनेछन् ।

साथै, आयोजनाको क्षेत्रभित्र पर्ने ४ वटा माध्यमिक विद्यालय, ५ वटा आधारभूत विद्यालय, १ पालिका सदरमुकाम, १ स्वास्थ्यचौकी र २ प्रहरीचौकीसमेत प्रत्यक्ष प्रभावित हुने तथ्यांक सार्वजनिक भएको छ।

स्थानीयवासीहरू आयोजनाबाट हुने असरबारे चिन्तित देखिए पनि उचित क्षतिपूर्ति र पुनर्स्थापनाको सुनिश्चिततासहित आयोजना अगाडि बढ्ने हो भने सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।