शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा १ लाख ९५ हजार नाघ्यो

Image
Nisarga Hospital

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो।

CP Hospital Dhangadhi

महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ। बिहीबार यो मूल्य १ लाख ९४ हजार ८०० रुपैयाँमा सीमित थियो।

Attariya Hospital

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार तोलामा २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

nawajiwan
Advertize US