फेरी मनसुन सक्रिय :यी ३ प्रदेशमा बाढी–पहिरो र हावाहुरीको उच्च जोखिम, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

नेपालमा मनसुन सक्रिय बनेसँगै विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेको छ। यसका कारण देशका अधिकांश भागमा बदली देखिएको छ भने पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र कर्णालीका पहाडी क्षेत्रमा भने भारी वर्षाको सम्भावना प्रबल रहेको छ। मधेस, कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरी समेत चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहितका विभिन्न पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको कारण बाढी, पहिरो, सडक अवरोध, हवाई यातायातमा अवरोध र स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertize US