बन्धक दाजु बहिनिको अनन्त प्रतीक्षा र संघर्ष

Image
Nisarga Hospital

नेपाल सगरमाथा र गौतम बुद्धको धर्ती। यही धर्तीका सन्तान बिपिन जोशी, एक साधारण किसान परिवारका असाधारण सपना बोकेका युवा। उनी केवल कृषि पढ्न गएका थिए, तर उनको मनमा एउटा ठुलो सपना थियो—नेपालमा हरित क्रान्ति ल्याउने, खेतबारीमा नयाँ प्रविधि भित्र्याउने, नेपाली किसानलाई आत्मनिर्भर बनाउने। तर त्यो सुनौलो सपनालाई युद्धको निर्दयी छालले टुक्र्याइदियो।

CP Hospital Dhangadhi

सन् २०२३ अक्टोबर, मध्यपूर्वको आकाश रक्ताम्य भयो। हमास–इजरायल युद्धले निर्दोषहरूलाई रगत र धुलोमा लतपताइ दियो। बिपिन पनि त्यही युद्धको भुमरीमा परे ।मृत्यु नजिकै थियो, साथीहरू ढले, निर्दोष विद्यार्थीहरू रगतले भिजे। तर बिपिनले हिम्मत हारेनन। विद्रोहीले फ्याँकेको बम उनले साहसपूर्वक समातेर फर्काए—त्यो क्षणमा उनी मात्र नभई मृत्यु स्वयंलाई चुनौती दिइरहेका थिए। तर साहसको मूल्य कहिले काहीँ अज्ञात र बन्धन हुन्छ। उनी तत्काल मृत्युबाट बचे, तर अनिश्चितकाल बन्धक भए ।

अँध्यारो सुरुङ्गमा बिपिनको दिनचर्या जहाँ घाम पुग्दैन, केवल गर्मी, भोक र निर्दा मात्र हुन्छ।बन्दी जीवनले उनलाई निरन्तर डर, त्रास र धम्कीको घेरामा राखेको छ होला ।आँखा बन्द गर्दा पनि उनले आमाको आँसु, बहिनीको स्वर, बुबाको अनुहार देख्छन् होला । दानवीय युद्धले कैदी बनाए पनि तर आशाले अझै जिउँदो राखेको छ होला । दुई थोपा आँसु नचुहाएर यथार्थ कल्पना गर्न नसकिदो रहेछ ।

nawajiwan

यता बिपिनको घरपरिवार युद्धसँगै पीडामा डुब्यो।आमाको आँखाको निद्रा हरायो, बुवाको कपाल बिनासित्तै सेताम्य भयो। घरको आँगन सुनसान छ, बिपिनको कुर्सी खाली छ। रोटी पाक्दा हरेक थालीमा बिपिनको अंश छुट्टै राखिन्छ, तर त्यो थाली सधैँ खाली नै रहन्छ।बहिनी पुष्पा—दाजुको प्रतीक्षामा प्रत्येक दिन आँसु पोख्छिन्। उनी सोच्छिन होला, “विपिन आज आउँछन् कि? भोलि आउँछन् कि?” तर समय निर्दयी छ।हजारौँ फोन, सयौँ भेट, तर उत्तर—शून्य ।

इतिहासका लोक कथाहरुमा बहिनी हराएर दाजु – भाइ खोज्न हिडेका थुप्रै काल्पनिक कथाहरु पढ्न पाइन्छ तर यो घटना भने ठिक बिपरित छ । यो कुनै लोक कथा होइन । वास्तविक घटनामा आधारित संसारले live हेरेको घटना दाजु खोज्न बहिनी र आमाले तय गरेको त्यो बिरानो भूमिको लामो यात्रा दुई जोड फाटो लुगा, थोत्रो झोलाको भारी भन्दा हजारौ गुणा भारी त मन थियो । सुक्न लागेको बर्खे पानीको मुल जस्तो आँखाका आँसु बोकि न त कुनै बैदेशिक भ्रमण न त कुनै रोजगारीको सिलसिला थियो त्यो केबल युद्धको कुरु क्षेत्रमा निर्दोष छोराको खोजी र अन्यायका बिरुद्ध न्यायको यात्रा थियो । बृद्ध आमाको भरपर्दो काँधले पुष्पालाई संसारभरी दाइलाई खोज्न हिड्ने उर्जा दिएको थियो।

उनीहरुका पाइला युद्ध भूमिमा रोकिए पनि नयन र मस्तिष्क गाजाका सुरुङ्ग भित्र बिपिनको अनुहार देख्न आतुर थिए तर त्यो अहिले सम्म सम्भब भएन। सम्भब भयो त केबल आश्वासन , सहानुभूति , हजारौ नागरिकको साथ र युद्धग्रस्त १० रेक्टरको भुकम्पले थला परेको भग्नावशेष दृश्य मात्र । यी दृश्य आफ्नै आँखाले देख्दा पुष्पाको मन झन भारी र अमिलो भएर आयो होला। उनले सोचीन ५० तलाका मन्जिलको त यस्तो अवस्था मेरो कलिलो दाजुको अवस्था कस्तो होला भन्दै होस गुमाउन पुग्छिन।

Attariya Hospital

युद्धभूमिमा उभिएर संसारलाई सुन्ने गरि चिच्याइन्—“Give us justice, Hamas! Release Bipin, we cannot live without him.”जानेका सबै भाषामा दाजुको जीवनको भिक मागिन तर कसैले सुनेन वा बुझेन र अन्तिममा सबैले बुझ्ने भाषा आँशुको भाषा थियो । त्यसैमा अनगिन्ती शब्द बगाइन । यि शब्दहरू केवल एउटा युवतीको पुकार मात्र थिएनन् सयौँ परिवारहरूको रगतको आवाज थियो।

उनको प्रश्न नेपाल सरकार , संयुक्त राष्ट्र संघ र विश्वका शक्तिशाली राष्ट्रहरूलाई थियो
के पृथ्वीबाट न्याय मरेको हो ? प्रश्नको जबाफ कसैले दिएका छैनन । अनुउत्तरित नै छ उनको प्रश्न।
पुष्पाले आँसु रोक्दै भनिन्—“हामी नेपाली हौँ, न्याय खोज्छौँ, दाजु लगायत सबै निर्दोष नागरिकको मुक्ति खोज्छौँ।”त्यो क्षणमा पुष्पा केवल बिपिनकि बहिनी मात्र थिइनन्, उनी नेपालीको स्वर र न्यायको प्रतीक थिइ न। पुष्पा फेरि भन्छिन मानव अधिकारका ठूला नारा दिने राष्ट्रहरू! तिमीहरूको आँखा किन अन्धो छ ?
कान किन बहिरो छ ? नागरिक बेपत्ता हुँदा सरकार किन मौन छ ? बिद्यार्थी अपहरण हुँदा कुटनीति किन चुप छ?
नेपाल सरकारलाई प्रश्न—नागरिक सुरक्षित राख्नु तिम्रो पहिलो कर्तव्य होइन ? हामी कहाँ गएर न्याय पाउने यदि राज्य आफ्नै सन्तानलाई बचाउन असफल हुन्छ भने त्यो राज्यको अर्थ के?

विपिन केवल भबिश्यको सपना बोकेर विदेशियका थिए।यदि निर्दोष विद्यार्थीका सपना चुडिन्छ भने त्यो केवल एक परिवार माथिको अन्याय होइन आजको मानव सभ्यतालाई नै चुनौती हो।
हामी यो युद्धको समर्थन गर्दैनौं । हामी कुनै साम्राज्यवादी खेलको पक्षमा छैनौं। हामी केवल निर्दोषहरूको जीवन रक्षाको माग गर्छौं। यो आवाज पुष्पाको मात्र होइन, यो आवाज नेपाल राष्ट्रको हो। यो आवाज सयौँ बन्दी र हजारौँ मृतक परिवारहरूको प्रतिनिधि आवाज हो। यदि निर्दोषहरूलाई रिहाइ गरिएन भने इतिहासले तिमीहरुलाई अपराधीका नाममा लेख्नेछ । यदि तिमीहरु अरुलाइ अन्याय गर्छौ भने तिम्रो न्यायको कुनै अर्थ छैन ।

बिपिन एक दिन पक्कै फर्किनेछन्। बिपिन तिमीलाइ बिदाइ गरेको तिम्रो घर परिवार र नेपाली विमानस्थल तिम्रो स्वागतको शीघ्र प्रतीक्षामा छ । त्यो क्षण केवल एउटा परिवारिक खुशियालीमा मात्र सिमित हुनेछैन, त्यो नेपाल राष्ट्रको विजय र गौरवको क्षण हुनेछ । तिम्रा बुढा आमा बा र बहिनिको बर्षौसम्म अपहरण भएको खुशी आउनेछ । तिम्रो आगमनले नेपालले अन्यायमाथि न्यायको विजय हासिल गरेको घोषणा गर्नेछ। नेपाली युवाले “हाम्रो साहस कहिल्यै मर्दैन” भनेर संसारलाई देखाउनेछ। तिम्रो आगमनले नेपाल राष्ट्रको आत्मसम्मानलाई पुनर्जीवित गर्नेछ। इतिहासले बाध्य भएर लेख्नेछ निर्दोषले न्याय पाउछ । हामी ठाडो सिर पारेर भन्छौं ।

-बिपिनलाई रिहाइ गर!
-निर्दोषलाई बन्धक बनाउने मुर्दावाद !

लेखक – बिमल सी