नेपाल ‘ए’ टोली भारतमा टी–२० शृङ्खलामा भिड्दै, यस्तो छ समय तालिका

Image
Nisarga Hospital

नेपाल ‘ए’ क्रिकेट टोलीले छिमेकी भारतमा पाँच खेलको टी–२० शृङ्खला खेल्ने तयारी गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार शृङ्खलाको सबै खेल आसामस्थित एसीए सीए ग्राउण्ड, गुवाहाटीमा हुनेछन्।

CP Hospital Dhangadhi
Attariya Hospital

पहिलो खेल २८ अगस्तमा सुरु हुनेछ भने अन्तिम खेल १ सेप्टेम्बरमा हुनेछ। पाँचमध्ये तीन खेल रात्री खेल (नाइट मैच) हुनेछन्।

शृङ्खलाका लागि क्यानले अनिल साहको नेतृत्वमा १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा अर्जुन घर्ती मगर (विकेटकिपर), तीर्थराज दास, शुभ कंशकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन शर्राफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।