धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालय: सस्तो र गुणस्तरीय उपचारमा उदाहरण

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र प्रादेशिक आयुर्वेद चिकित्सालयले पायल्स, फिसर र फिस्टुला जस्ता जटिल स्वास्थ्य समस्याहरूको उपचारमा उल्लेखनीय सेवा प्रदान गरिरहेको छ। धनगढी–१३, राजपुरमा अवस्थित यो चिकित्सालयले न्यूनतम शुल्कमा गुणस्तरीय उपचार र शल्यक्रिया सेवा उपलब्ध गराउँदै बिरामीहरूको मन जितिरहेको छ।

CP Hospital Dhangadhi

चिकित्सालयमा सामान्य शल्यक्रियाको शुल्क २,०००, मध्यम अवस्थामा ३,५०० र जटिल अवस्थामा ६,००० रुपैयाँ मात्र तोकिएको छ। भर्ना शुल्क मात्र २०० रुपैयाँ छ, जसमा दुई छाक खाना र दुई पटकको नास्ता निःशुल्क उपलब्ध हुन्छ। मेडिकल सुपरिटेन्डेन्ट डा. रामकामेश्वर ठाकुरका अनुसार, “हामीले बिरामीलाई सस्तो, भरपर्दो र गुणस्तरीय उपचार उपलब्ध गराउन लक्ष्य राखेका छौँ। दैनिक ४–५ शल्यक्रिया हुने गर्छन् र बिरामीलाई आएकै दिन उपचार सुरु गरिन्छ।”

सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीहरू प्रायः उपचारका लागि भारतका महँगो अस्पतालहरूमा जाने गर्छन्। तर प्रादेशिक आयुर्वेद चिकित्सालयले उपचारलाई किफायती बनाएर आर्थिक रूपमा कमजोर बिरामीहरूलाई ठूलो राहत दिएको छ।

nawajiwan
Attariya Hospital

चिकित्सालयमा पायल्स, फिसर र फिस्टुला बाहेक बालरोग, कायाचिकित्सा, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग, शल्य चिकित्सा, होमियोप्याथी उपचार, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, प्रयोगशाला, पञ्चकर्म, जलौका, क्षारसुत्र, अग्निकर्म, अन्तरङ्ग सेवा र योग परामर्शजस्ता सुविधाहरू पनि उपलब्ध छन्।

हाल ९ जना विशेषज्ञ चिकित्सकहरूले बिरामीलाई सहज र प्रभावकारी उपचार प्रदान गरिरहेका छन्। डा. ठाकुरका अनुसार, “बिरामीलाई कुनै झन्झटबिना उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। पहिलो दिनमै उपचार सुरु हुन्छ।”

सस्तो र गुणस्तरीय सेवा उपलब्ध गराएर प्रादेशिक आयुर्वेद चिकित्सालयले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ। विशेषगरी ग्रामीण र आर्थिक रूपमा विपन्न बिरामीहरूलाई विदेशमा महँगो उपचार गराउनुपर्ने बाध्यताबाट मुक्त गराएको यो चिकित्सालय स्थानीय बासिन्दाका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण स्रोत बनेको छ।