आज हरितालिका (तीज) पर्वः शिव–पार्वतीको पूजा आराधनासहित हरितालिका व्रत बस्दै

Image
Nisarga Hospital

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभरि महादेवको पूजाआराधना गरी मनाइँदैछ। यस दिन व्रत बसेर शिव–पार्वतीको उपासना गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

CP Hospital Dhangadhi

पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। उनलाई विष्णुसँग विवाह गराउन खोज्दा साथीहरूले पार्वतीलाई हरण गरेर लुकाइदिएका थिए। यही दिनदेखि हरितालिका व्रत सुरु भएको मान्यता छ। संस्कृतका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्दबाट ‘हरितालिका’ शब्द बनेको हो।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार तीजको व्रत निराहार, जलाहार वा फलाहार गरी तीन प्रकारले गर्न सकिन्छ। “सक्नेले निराहार, नसक्नेले जलाहार, स्वास्थ्यले साथ नदिनेले फलाहार व्रत गर्न सकिन्छ,” उनले बताए। श्रीमान्को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति, र अविवाहित केटा–केटीले असल जीवनसाथी पाउन पनि यो व्रत बस्ने शास्त्रीय विधान छ।

nawajiwan
Attariya Hospital

धर्मशास्त्रविद्हरूका अनुसार तीज नारीका लागि मात्र नभई पुरुषले पनि गर्न सक्ने व्रत हो। व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका हुन्छन् भने तीजको व्रत नित्य र काम्य दुवै मानिन्छ। यसले सम्पूर्ण मानवका लागि समान महत्व राख्छ भन्ने उल्लेख धर्मग्रन्थमा पाइन्छ।

उज्यालो नहुँदै दर खाइसक्ने परम्परा पनि तीजसँग जोडिएको छ। व्रतालुहरूले अघिल्लो दिन राति मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि तयारी गर्छन्। विशेष गरी माइती पक्ष वा दाजुभाइले छोरीचेलीलाई बोलाई दर खुवाउने प्रचलन रहेको छ।