तीजको दिन सुन–चाँदीको मूल्यमा वृद्धि, कारोबारमा चहलपहल

Image
Nisarga Hospital

हरितालिका तीजको अवसरमा मंगलबार सुन–चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कायम भएको छापावाल सुन मंगलबार १ हजार ५०० रुपैयाँले बढ्दै १ लाख ९८ हजार ७०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भई सोमबारको २ हजार ३५५ रुपैयाँ प्रतितोलाबाट ५ रुपैयाँले बढेर मंगलबार २ हजार ३६० रुपैयाँ पुगेको छ।

व्यवसायीहरूले तीजको बेला विशेषगरी महिलाहरूले सुन–चाँदी किन्ने परम्परा भएकाले यस समयमा कारोबार अन्य दिनभन्दा बढी हुने बताएका छन्। उनीहरूको भनाइमा धार्मिक र सांस्कृतिक पर्वसँगै गरगहना खरिदबिक्रीमा उत्साहजनक वृद्धि हुने गरेको छ।

nawajiwan