कबिता- माटोको माया

Image
Nisarga Hospital

हिन्दुस्तानमा जब पर्यो बेलायतको कदम,
चारैतिर कब्जा गर्ने सायद खाए थ्यो कसम,
लाखौँको सेना तोप, गोला हजारौँको दर्जन,
चिताको जस्तो चाल उसको सिंहको थियो गर्जन!

CP Hospital Dhangadhi

अब पर्यो उसको नजरमा
दुई ढुंगा बिचको तरुन झैँ सुन्दर, शान्त नेपाल,
उसले कब्जा गर्न खोज्यो केहि भूभाग!
विस्तारै चर्किदै गयो सीमा विवाद,
तब युद्धमा परिणत भयो, यो विवाद!
निस्कियो बाहिर नाङ्गो खुकुरी हातमा जिउँदो गोर्खाली बाघ!

कयौँ गोर्खाली छाती आर-पार गर्छ, त्यो बन्दुकको गोली!
तर ढग्गमगाएनन् कदम खेलायो पुर्खाले रगतको होली!
पुर्खा माथि ओसिँना झैँ बर्सियो, तोली-तोली बन्दुकको गोली!
तर पनि कतिपय ठाउँमा भाग्न बाध्य बेलायती सेनाको टोली!

nawajiwan

बुढो थियो हड्डी तर गलेको थिएन।
नवजवान सेनाको उहाँ सामु चलेको थिएन।
तान्डव मच्चायो भक्ति थापाले यस्तो!
स्वयम् महाकाल ले तृनेत्र खोले जस्तो!

शत्रुको घाँटी छिनाल्दै अघि बढ्दै थ्यो गोर्खाली कदम!
महिला, बाबु, नानी, बुढा, बाला, गोर्खाली दबङ्ग!

भोको बसेको थियो, पेट आँखामा अँध्यारो छाउँदै थियो।
त्यो वनमा कोइली चरी विरहीको गीत गाउँदै थियो।
चारैतिर घेरा हाली शत्रु नजिक आउँदै थियो।
हजारौँ सेना बाहिर,भित्र वीर बलभद्र खुकुरी धार लाउँदै थियो।

Attariya Hospital

लागेको यो प्याँस खुनले मेटिन्छ, तर माटो बेचिन्न।
चन्द्र सूर्य अंकित रहे सम्म नेपाल नाम मेटिन्न।
यहाँ एकै जात गोर्खाली दोस्रो जात भेटिन्न।
जब हावामा नृत्य गर्छ, खुकुरी शत्रु कैले जिवित देखिन्न।

दुर्भाग्यवश गुमायौँ केहि भूभाग, तर फैलियो विश्व सामु यस्तो आग!
शत्रुको कानमा गुन्जिन्छ, अझै वीर गोर्खाली आवाज!

बलिदान पुर्खाको नेपाल आफैँमा स्वतन्त्र!
तर आज राजनिति लोकतन्त्र, गणतन्त्र!
जनता निमुखा पार्न मच्चेको छ लुटतन्त्र!
स्मरण रहोस्!
रगतले लेखिएको इतिहास मेरो देशको यहि हो मुल मन्त्र!

फुल कसरि फुल्छ र खै जरा पुरै कुहिँए पछि,
जग बलियो बसाली के गर्नु छानो पुरै चुहिँए पछि,
दूध कसरी दुहुनु हो खै? आशाको गाई तुहिँए पछि,
गोठालो को मन खिन्न भाछ, त्यो चौँरी गाई तुहिँए पछि।

– कवि बसन्त कुमार दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।