
नेपाली बजारमा बुधवार सुनको मूल्य बढेर नयाँ उचाइमा पुगेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य ३०० रुपैयाँले वृद्धि भएको हो। त्यस्तै, १० ग्राम छापावाल सुन १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ।

यसैबीच, चाँदीमा भने गिरावट आएको छ। मंगलवार तोलामा २ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार घटेर २ हजार ३४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

































