
मंगलबार स्थानीय बजारमा सुन–चाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको हो। यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य १५ रुपैयाँले बढेर मंगलबार २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


















