अब बागमती प्रदेशका सबै कर्मचारीलाई मासिक ५ हजार महंगी भत्ता पाउने

Image
Nisarga Hospital

बागमती प्रदेश सरकारले स्वीकृत दरबन्दीमा कार्यरत र अस्थायी कर्मचारीलाई महंगी भत्ता दिने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलवार सार्वजनिक गरेको सूचनामा प्रदेश सरकारका सबै मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत स्वीकृत दरबन्दीका कर्मचारी तथा अस्थायी सेवामा रहेका कर्मचारीलाई आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि मासिक पाँच हजार रुपैयाँ महंगी भत्ता उपलब्ध गराइने उल्लेख छ।

सूचनामा भनिएको छ, “यसरी उपलब्ध गराइएको महंगी भत्ता शिर्षक नं. ११११२ (महंगी भत्ता) मा विनियोजन भएको बजेट अन्तर्गत खर्च हुनेछ। बजेट विनियोजन नभएका अवस्थामा अतिरिक्त बजेट माग गर्नुपर्ने व्यवस्था हुनेछ।”

nawajiwan
Attariya Hospital

मन्त्रालयले सबै कार्यालय र निकायहरूलाई यस निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।