
नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ उच्चतम स्तरतर्फ उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको छ।

बुधबार छापावाल सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





















