सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा २ लाख १० हजार ४ सय पुग्यो

Image
Nisarga Hospital

पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य मानिएको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो मूल्यका कारण सुन खरिद गर्नेहरूमा दबाब देखिए पनि लगानीका हिसाबले सुन अझै सुरक्षित विकल्प मानिँदै आएको छ।

Attariya Hospital

त्यस्तै, आज चाँदीको मूल्य पनि केही बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले वृद्धि भई २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

nawajiwan

सुनचाँदी बजारका जानकारका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, अमेरिकी डलरको दर र भूराजनीतिक प्रभावले नेपालमा पनि सुनचाँदीको मूल्यमा निरन्तर उतार–चढाव आएको छ।

Advertize US