आज ‘निजामती सेवा दिवस’ : उत्कृष्ट कर्मचारी सम्मानित, प्रभातफेरीसहित देशभर कार्यक्रम

Image
Nisarga Hospital

मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन्। विक्रम संवत् २०१२ भदौ २२ गते निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष यो दिवस मनाइँदै आएको हो।

CP Hospital Dhangadhi

आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिबाट प्रभातफेरी सुरु भई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब पुगेर मूल समारोहमा परिणत भएको छ। बिहान ७ बजेर १५ मिनेटमा सुरु भएको उक्त प्रभातफेरीमा उच्च तहका अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको छ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अघिल्लो वर्ष घोषित उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम छ। गत वर्ष घोषणा गरिएका पुरस्कारमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो।

nawajiwan
Attariya Hospital

उत्कृष्ट पुरस्कार विजेताले १ लाख रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् भने निजामती सेवा पुरस्कार विजेताले ५० हजार रुपैयाँसहित सम्मान प्राप्त गर्नेछन्। यसैगरी, यस वर्ष छनोट भएका कर्मचारीहरूले भने आगामी वर्षको मूल समारोहमा पुरस्कार प्राप्त गर्ने प्रावधान छ।

यस अवसरमा देशभरका कार्यालयहरूले विभिन्न कार्यक्रम गरी निजामती सेवाको योगदानप्रति कृतज्ञता प्रकट गरेका छन्।