नेपाली बजारमा सुनको मूल्य नयाँ उच्चतामा, चाँदीमा पनि वृद्धि

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

CP Hospital Dhangadhi

गत शुक्रबार प्रतितोला दुई लाख १० हजार रुपैयाँमा कारोबार भएको सुन आज दुई हजारले बढेको हो। यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर दुई हजार ५०० रुपैयाँ पुगेको छ।

Attariya Hospital

यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० र चाँदी प्रतितोला दुई हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

# ट्रेण्डिङ