देशभर आंशिकदेखि साधारण बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना 🌧️

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणमा अवस्थित छ। यसै कारण आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

CP Hospital Dhangadhi

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। यस अवधिमा पहाडी क्षेत्रका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

आज राति पनि कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू-भागमा साधारण बदली रहनेछ भने अन्यत्र आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानमा र बाँकी पहाड तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने देखिएको छ।

nawajiwan
Advertize US