प्रदर्शनकारीले नख्खु कारागारबाट रवि लामिछानेलाई बाहिर निकाले

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूको भीडले कारागार घेराउ गर्दै उनलाई बाहिर ल्याएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

जेलबाट निस्केपछि लामिछानेले आफ्ना समर्थकमाझ भाषण गरेका छन्। उनको भाषणको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्।

लामिछानेलाई सहकारी बचत अपचलन मुद्दा सम्बन्धी अभियोगमा नख्खु कारागारमा राखिएको थियो। घटनापछि सुरक्षामा थप कडाइ गरिएको छ भने राजनीतिक वातावरण थप तातिएको बताइएको छ।

Advertize US