अन्तरिम सरकारको खोजी : सुशीला कार्की चर्चामा, राष्ट्रपति अझै मौन

Image
Nisarga Hospital

देश अस्थिरताको भुमरीमा फँसिरहेको बेला नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देल सक्रिय बनेका छन्। मंगलबार रातिदेखि निरन्तर संवादमा रहेका उनले हिजो दिनभर जेन–जी प्रतिनिधि, धरानका मेयर हर्क साम्पाङ, मेडिकल व्यवसायी दुर्गा प्रसाई, मेयर बालेन शाह र कुलमान घिसिङलगायतसँग प्रत्यक्ष तथा टेलिफोनमार्फत व्यापक छलफल गरे।

CP Hospital Dhangadhi

स्रोतका अनुसार धेरै पक्षले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने सुझाव दिएका छन्। कानूनी अनुभव र निष्पक्ष छविका कारण कार्की सबभन्दा स्वीकार्य विकल्पका रूपमा देखिएको भए पनि जेन–जीभित्र पूर्ण एकता भने अझै बनेको छैन।

यद्यपि बालेन शाहले खुलेर कार्कीलाई समर्थन जनाएपछि उनको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो भएको विश्लेषण छ। जेन–जी समूहमा कार्कीसँगै कुलमान घिसिङ, वैज्ञानिक महावीर पुन, डा. सन्दुक रुइत लगायतका नाम पनि चर्चामा छन्।

nawajiwan
Attariya Hospital

तर संसद विघटन नभएको र संविधानमै नागरिक सरकारको प्रावधान नरहेकाले संवैधानिक विकल्पबारे बहस चर्किएको छ। यस्तै अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल भने मौन र निष्क्रिय देखिनु बढी विवादित विषय बन्दै गएको छ।

यसैबीच कांग्रेस र एमालेले विज्ञप्ति जारी गर्दै संवैधानिक मार्गबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले विधिहीनताले देश अराजकतामा डुब्ने चेतावनी दिँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

Advertize US