
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकेको छन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहणलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकमा संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही प्रस्तावलाई राष्ट्रपति पौडेलले अनुमोदन गरेका हुन्।

जेन–जी आन्दोलनको दबाबपछि प्रधानमन्त्री नियुक्त भएकी कार्कीले राजनीतिक स्थायित्वका लागि नयाँ जनादेश अपरिहार्य ठहर गर्दै संसद् विघटन गर्ने निर्णय लिएकी हुन्। यससँगै अब देश नयाँ निर्वाचन प्रक्रियातर्फ अघि बढ्ने भएको छ।































