२०८२ सालको दशैं: घटस्थापना, फूलपाती र टीकाका शुभ साईत सार्वजनिक

Image
Nisarga Hospital

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंका विभिन्न शुभ साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९:१३ बजे रहेको छ। यसैगरी, दसैँको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११:५३ बजे रहेको जानकारी दिइएको छ।

CP Hospital Dhangadhi

वि.सं. २०८२ सालका मुख्य दशैंका शुभ साइतहरू यस प्रकार रहेका छन्:

  • असोज ६ गते– घटस्थापना बिहान ९:१३ बजे, नवरात्रारम्भ।

  • असोज ७ गते– झण्डा फेर्ने साइत बिहान ९:५३ बजे (पूर्व मोहडा)।

  • असोज ११ गते– श्रीपचलीभैरव यात्रा।

  • असोज १३ गते– फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे।

  • असोज १४ गते– महाष्टमी, कालरात्रि।

  • असोज १५ गते– महानवमी स्थिरासन बिहान ९:२३ बजे।

  • असोज १६ गते– विजया दशमी, देवी विसर्जन बिहान ९:२३ बजे; टीका लगाउने समय बिहान ११:५३ बजे। यसै दिन श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १:१७ बजे, खड्गयात्रा पनि हुनेछ।

  • असोज २० गते– अखिलबलिपूर्ति र कोजाग्रतव्रत/पूर्णिमाव्रत।

nawajiwan
Attariya Hospital

समितिको यस विवरणले परम्परागत संस्कार र पूजा–अर्चनालाई समयमै सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।