
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायु केही कमजोर भए पनि स्थानीय वायुको प्रभाव कायमै छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशसहितका पहाडी भूभागमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति पनि पहाडी क्षेत्रमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने बताइएको छ। गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा तराईका केही भागमा पनि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।




























