कविताः- 📢 आवाज

Image

बिस्तारै बिरालो चालमा
फर्किरहेका छन उनीहरू – पुरानै लयमा ।
उक्साईरहेका छन हामीलाई – पुरानै शैलीमा ।
झुटो बोल्दै
घोषणा गर्दैछन आफैलाई –
युगकै महान क्रान्तिकारी नेता ।

तर यसपटक हामी – मौन बस्ने छैनौं ।

nawajiwan

डराउँदैनौ अब हामी —
न त नैतिकताको मुखौटा लगाउनेहरूबाट,
न त गुण्डाहरूको धम्कीबाट ।

हाम्रो मौनता अब चिच्याउन थालिसकेको छ।
धैर्यताको डोरी चुँडिईसकेको छ ।

हामी कलाकार —
अब स्क्रिप्टबाट होइन,
अनुभूतिबाट बोल्न थालेका छौं ।

Attariya Hospital

शब्दहरू अब संवाद होइनन् —
संघर्ष बनेका छन्।
र प्रतिरोध, हाम्रो अभिनय।

हामीले भन्नैपर्ने छ —
हामी कलाकार – गरिरहेका छैनौं कुनै नाटक ।
हामी इतिहास देखाइरहेका छौं।

र हरेक पटक —
जब हामी ऐना देखाईरहेका छौ
बदलिईरहेको छ शासकको अनुहार ।

तर
अब अनुहार बदलिनु पर्याप्त छैन।
अब चरित्र नै बदलिनुपर्ने बेला आएको छ।

✍️ विजय बराल, कलाकार