सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

ए मानिस कालको पनि कदर गर्न सिक,
जीवनभरी सधैँ पौरखमा रहर गर्न सिक।
समयको गतीसँगै कालको नजिक पुग्छौँ,
सचेत भएर प्रेमसँग सबै सफर गर्न सिक।
जीवन शङ्घर्ष नै हो लड्छौँ पाइलै पछि,
यही संदेशको सबैलाई खबर गर्न सिक।
तेरो मेरो सबै हिसाब यहीँ छाडेर जाने हौँ,
सम्मान् आफ्नो धर्ती र सगर गर्न सिक।
भौतिक सरिर सँग जाँदैन अस्तित्व केही,
रहन्छन् बिचारका अशँ अम्मर गर्न सिक।

CP Hospital Dhangadhi

॥१॥

जनताको मनभित्र अचेल कयो सवाल भरिएका छन्,
क कस्को बिस्वास गरौँ देशभित्र दलाल भरिएका छन्।
हामी चाहान्छौं देशमा आमूलपरिर्तन होस भन्ने याहाँ,
तर देशमा आई एनजीओका जञ्जाल भरिएका छन्।
विकास छैन निकास छैन नेता बनेका छन् डाँकाहरू,
एक्काईसौँ शताब्दीमा पनि अनिकाल भरिएका छन्।
हुट हुटी छैन बरू धकधकी हुन्छ पद प्रतिष्ठाको मन्मा,
गीत नाचोमा साम्राज्यवादको स्वरताल भरिएका छन्।
समानता र समावेसीका कुरा गर्छौ बिनासित्तै देशमा,
जहाँ असमान्ताका अग्ला अग्ला पर्खाल भरिएका छन्।

nawajiwan
Attariya Hospital

॥२॥

मानवता भन्दा राम्रो बिचार कस्तो हुनसक्छ,
मित्रताकै एकनास व्यवहार कस्तो हुनसक्छ।
वुद्धको देश भन्छन् र हिँशक बन्छन् न बुझी,
त्यो भन्दा नराम्रो कुसंस्कार कस्तो हुनसक्छ।
हामी लड्न तैयार छौँ मर्न तैयार छौँ तर पनि,
बुझ्न सकेनौँ प्रेमको आधार कस्तो हुनसक्छ।
हतियार बनायौँ महल बनायौँ अर्कैका लागि,
खै आफू जोगिने होसियार कस्तो हुनसक्छ।
हेरौँ त जस्को पछि लागेर ज्यान दिए युवाले,
भए उनै अनैतिक यो संसार कस्तो हुनसक्छ।
जसलाई देशको बागडोर थमाएर ढुक्क भयौँ,
उनै बने देशका बेच्ने गद्धार कस्तो हुनसक्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८