यस वर्षको भाइटीका कात्तिक ६ गते बिहान ११:३९ बजे शुभ साइत

Image
Oplus_16908288

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे निर्धारण गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो समय धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा परेकोले अत्यन्त शुभ मानिएको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार सर्वसाधारणले भने मध्याह्नकालमा टीका लगाउँदा कुनै समस्या हुँदैन, तर राज्य सञ्चालक र साइत खोज्नेका लागि निर्दिष्ट समय उपयुक्त रहनेछ।
यस वर्षको यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिन यमदीप दान आरम्भ हुने र धनतेरस पर्व पनि त्यही दिन पर्ने समितिले जनाएको छ।

nawajiwan
Attariya Hospital

कात्तिक ३ गते सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ४ गते औंसी तिथि अनुसार स्नान र दान, र कात्तिक ५ गते गाई, गोरु तथा आत्म (म्ह) पूजा मनाइनेछ।

त्यसैदिनदेखि नेपाल संवत् ११४६ नयाँ वर्ष सुरु हुने समितिले जनाएको छ। शास्त्रीय विधिअनुसार भाइपूजा (किजापूजा) कात्तिक ६ गते नै मनाइनेछ।

समितिले दाजुभाइबीच टीकाटाला ज्येष्ठता अनुसार गर्नुपर्ने शास्त्रीय परम्परा दोहोर्‍याउँदै, भाइटीका केवल धार्मिक नभई पारिवारिक स्नेह र आपसी एकताको प्रतीक भएको बताएको छ।