सुपर सिक्स अन्तर्गत बिहीबारको खेलमा यूएईले जापानलाई ८ विकेटले पराजित गर्दै आगामी वर्ष हुने टी–२० विश्वकप २०२६ का लागि छनोट सुनिश्चित गरेको छ।
जापानले प्रस्तुत गरेको ११७ रनको लक्ष्य यूएईले केवल १२.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर अलिसान शरापुले २७ बलमा ४६ रन, मुहमद वसिमले २६ बलमा ४२ रन बनाए।


जापानका लागि हैदर अलिले ३ विकेट लिए पनि टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो। पुछारका खेलाडी वाटारु मियाउचीले ३२ बलमा ४५ रन बनाउँदा इसम रहमानले २३ रन थपे।
यूएईका मुहमद अरफानले २ विकेट लिएका थिए भने जुनैद सिद्धिकी, ध्रुव परासर र जाहिद अलिले १–१ विकेट हात पारे। यससँगै नेपाल र ओमान पनि विश्वकपका लागि छनोट भइसकेका छन्।