सन् २०२६ को टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट अन्तर्गत ‘सुपर सिक्स’ चरणमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।
ओमानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै सीमित भयो।


नेपालका कुशल भुर्तेलले ६९ रनको दमदार अर्धशतक प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए।
यस जितसँगै नेपालले सुपर सिक्समा शीर्षस्थान हासिल गर्दै पुनः एकपटक टी–२० विश्वकपका लागि योग्यता सुनिश्चित गरेको छ।
अब नेपालले अन्तिम खेलमा शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ। 🇳🇵🏆