
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्य रूपमा सफा रहने अनुमान गरिएको छ।

कोशी र गण्डकीका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

भोलि दिउँसो पनि देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा पुनः हल्का वर्षा वा हिमपातको सम्भावना रहन्छ। विभागले यात्रुहरूलाई विशेषगरी हिमाली भेगमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
































